काठमाडौं– नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित भएका छन्। शेरबहादुर देउवा पक्षका राठौर प्यानलसहित विजयी भएको हो।
राठौरले ८८० मत पाए भने उनका प्रतिद्वन्द्वी भुवनेश्वर थारुले ६७८ मत प्राप्त गरेका थिए।
अधिवेशनबाट उपसभापतिमा गोविन्दप्रसाद थारु र सोदे विष्ट निर्वाचित भए।
त्यसैगरी, सचिवमा जग्गाप्रसाद पाण्डे र मिनराज चौधरी तथा सहसचिवमा तिलकराज लम्साल र मेकबहादुर गुरुङ विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।