काठमाडौं- गण्डकी प्रदेश कांग्रेस सभापतिका लागि देवराज चालिसेले उम्मेदवारी दिने भएका छन्।
संस्थापनइतर पक्षका चालिसेले गण्डकी प्रदेश सभापतिमा उम्मेद्वारी दिने सोमबार पोखरामा घोषणा गरेका हुन्।
पृथ्वी नारायण क्याम्पसका पूर्व प्राध्यापकसमेत रहेका चालिसे बौद्धिक नेताका रूपमा परिचित छन्। उनले गत निर्वाचनमा संघीय सांसदका लागि तत्कालीन नेकपाका उम्मेदवार रवीन्द्र अधिकारीसँग कास्कीमा प्रतिस्पर्धा गरेका थिए। दिवगंत अधिकारीसँगको प्रतिस्पर्धामा उनी पराजित भएका थिए।
संस्थापनइतरबाट गण्डकी सभापतिको लागि यज्ञ बहादुर थापा र रघु पौडेल पनि आकांक्षी छन्। संस्थापनपक्षले भने केन्द्रीय सदस्य तथा पर्वतका नेता अर्जुनराज जोशीलाई उम्मेदवार बनाउने निश्चित गरेको छ।
सात प्रदेशको अधिवेशन १८ र १९ गते हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।