काठमाडौं– नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्। शेरबहादुर देउवा पक्षका थापा यसअघि पनि जिल्ला सभापति थिए।
कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत थापा ५५५ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी अष्टकुमार कवेँले ४४२ मत प्राप्त गरेका थिए। कवेँ प्रकाशमान सिंहनिकट नेता हुन्।
उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए। त्यसैगरी, सचिवमा सुशील बस्नेत र राजेश खड्का तथा सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपाने विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।