सौराहा– एमाले नेता प्रदीप ज्ञवालीले सहमतिको प्रयास सफल हुन नसकेपछि महाधिवेशनमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भइरहेको बताएका छन्।
मतदानपछि पत्रकारसँग कुरा गर्दै ज्ञवालीले मध्यरातमा नभई शुभ बिहानीमा मतदान गरिएको बताए। बिहान करिव ४ बजे मतदान सुरु भएको थियो । सोमबार राति नै मतदान हुने भनेपछि प्रतिनिधिहरु रातभर लाइनमा बसेका थिए।
‘सहमति जुटाउने प्रयास हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो,’ उनले भने,’ ‘रोष्टरमा रहेकाहरुमा उम्मेदवारी परेपछि यसमा सहमति जुटाउन सकिन्छ कि भनेर अन्तिमसम्म प्रयास गरेका हौं।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा अगाडि बढ्न गरेको प्रस्ताव नेता भीम रावलले नमानेको ज्ञवालीले बताए। करिब २१ सय प्रतिनिधि रहेको फ्लोरमा अध्यक्षले सहमतिका लागि नाम प्रस्ताव गर्दा कसैलाई निषेध गरिएको थियो भन्न नमिल्ने उनको दाबी थियो। अहिले भएको प्रक्रियाले एमालेको आन्तरिक लोकतन्त्रलाई उन्नत रुपमा विकास गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।