सौराहा- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि प्रयोग गरिएको विद्युतीय मेसिन आफूलाई सजिलो लागेको अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले प्रतिक्रिया दिएका छन्।
मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘विद्युतीय मेसिन मलाई त सजिलो लाग्यो।’ बिहान ४ बजे मतदान सुरु हुँदा ओलीले सबैभन्दा पहिले मत दिएका थिए।
सोमबार बेलुका ९ बजे नै सुरु हुने भनिएको मतदान प्रक्रिया मंगलबार बिहान ४ बजेपछि सुरु भएको हो। अधिकांश समूहका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन्। केही सीमित समूहमा मात्रै मतदान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।