सौराहा – नेकपा एमालेको १० औं महाधिवेशनअन्तर्गतको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। सहमति हुन नसकेका पदका लागि राति दुई बजेदेखि सुरु हुने भनिएको निर्धारित मतदान कार्यक्रम चार बजेसम्म पनि प्रारम्भ हुन सकेको छैन।
मतदान केन्द्रबाहिर दुई बजेदेखि नै प्रतिनिधिहरु आए पनि कसैलाई भित्र जान दिइएको छैन। तोकेको समयमा नै मतदानका लागि प्रतिनिधि आउन थाले पनि चार बजेसम्म समेत मतदान प्रारम्भ हुन नसकेको हो।
यसअघि, नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरी २ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका बनाएको थियो।
दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन आयोगले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालिका संशोधन गरेको थियो। यसअघि मतदान मंगलबार बिहान ८ बजेसम्म चल्ने कार्यतालिका बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।