काठमाडौं– नेकपा (एमाले) को १०औं महाधिवेशनको निर्वाचनका लागि मतदान आज राति ११ बजेपछि मात्रै सुरु हुने भएको छ। यसअघि ९ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको थियो।
कार्यतालिकाअनुसार दिउँसो ३ बजे नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो। अन्तिम नामावली तयार भएपछि विद्युतीय भोटिङ मेसिन (ईभीएम)को प्रणालीमा अपडेट गरिने छ।
उम्मेदवारको नामावली ईभीएममा प्रविष्ट गर्न कम्तीमा ३ देखि ४ घण्टा लाग्ने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
सहमतिका लागि उम्मेदवारी फिर्ता गराउन नेता जुटेका छन्। अध्यक्षमा केपी शर्मा ओली र डा भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। यसैगरी सचिवमा पनि सात जनाको पदमा नौ जनाको उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।