सौराहा– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार राति ९ बजेदेखि मतदान सुरु भइसक्नुपर्ने हो। तर, ९ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन भइसकेको छैन।
एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले केही प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुन नसकेको बताएका छन्।
निर्वाचन कार्यतालिकामा सोमबार दिउँसो ३ बजे नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिसक्ने उल्लेख छ।
उम्मेदवारहरुको अन्तिम नामावली तयार भएपछि उक्त सूचीलाई विद्युतीय मतदान उपकरण (ईभीएम)को सिस्टममा इन्ट्री (प्रविष्ट) गराउनुपर्ने हो। निर्वाचन आयोगका प्रमुख सुब्बाका अनुसार उम्मेदवारहरुको नामावली ईभीएममा इन्ट्री गर्न २–३ घण्टाको समय लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।