काठमाडौं- नेपाली कांग्रेस उदयपुरको जिल्ला सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन्। उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेता हुन्।
कार्कीले ७६७ मत प्राप्त गरे। संस्थापनइतरबाट उम्मेदवार बनेका विदुर बस्नेतले ५८९ मत ल्याए।
विजयी कार्की प्रदेश सांसदसमेत हुन्। पराजित बस्नेत दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका थिए।
कांग्रेसको हालसम्म ५३ जिल्लाको अधिवेशन सकिएर सभापति चयन भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।