काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औं महाधिवेशनअन्तर्गत डडेलधुरा जिल्लामा भएका अधिवेशनलाई मान्यता दिने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भएको अधिवेशन बदर नहुने ठहर गरेको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले जानकारी दिए।
वडादेखि जिल्ला सम्मको अधिवेशन एकतर्फी रुपमा गरिएको भन्दै कांग्रेस डडेलधुराका सभापति कर्ण बहादुर मल्ल पक्ष आन्दोलनमा छ।
मल्ल पक्ष विगत १३ दिनदेखि केन्द्रीय कार्यालयमा रिले अनशन गर्दै आएको छ।
मल्ल पक्षले जिल्लामा भएका सबै प्रकारका अधिवेशनहरु बदरको माग राखेको छ। तर, निर्वाचन समितिले भने संस्थापन इतर पक्षको माग विपरीत अधिवेशनहरुलाई मान्यता दिने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।