सौराहा- नेकपा (एमाले)को सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनका लागि उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ।
आज बिहान ८ बजेबाट सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्ग उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको हो।
केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको थियो। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो।
पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।