काठमाडौं– नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी निर्वाचित भएका छन्।
आइतबार सम्पन्न निर्वाचनबाट प्रतिद्वन्द्वी सञ्जयप्रसाद श्रेष्ठलाई पराजित गर्दै उनी सभापति बनेका हुन्। भण्डारीले १४ सय २२ मत ल्याए भने श्रेष्ठले १३ सय ९ मत ल्याएका थिए। सभापतिमा विजयी भण्डारी नेता शेखर काेइराला निकट हुन्।
यसैगरी सुनसरीको उपसभापतिमा नगेशचन्द्र राई र पंकजकुमार महतो निर्वाचित भएका छन्।
कांग्रेस सुनसरीको सचिवमा वीरेन्द्रकुमार साह र माधवकुमार घिसिङ निर्वाचित हुँदा सहसचिव पदमा गणेश सुब्बा र मनिषकुमार राय निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।