काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन्। सोमबार बिहान उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्षको उम्मेदवारी दिएका उनको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल छन्। ओलीले बन्दसत्रका क्रममा पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिवमा प्रस्ताव गरेका थिए।
अध्यक्षमा ओलीका प्रतिस्पर्धी भीम रावल छन्। रावलका प्रस्तावक महादेव बजगाईं र समर्थकमा दूधकला विष्ट छन्।
बन्दसत्रमा ओलीले रावललाई कुनै पदमा पनि प्रस्ताव गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।