काठमाडौं– नेकपा एमालेको सचिवमा टंक कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
चितवनको सौराहामा जारी एमाले १०औं अधिवेशनमा सोमबार बिहान कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्। उनी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत सूचीमा अटाएका थिएनन्। यसअघि सो सूचीमा नअटाएका भीम आचार्यले पनि सचिवमै उम्मेद्वारी दर्ता गरेका छन्।
कार्की ओलीले बनाएका केन्द्रीय कमिटीको सूचीमा समेत परेका छैनन्। उनी चीनका लागि पूर्व राजदूत हुन्। उनीसँगै सचिवमा उम्मेद्वारी दिनेको संख्या नौ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।