काठमाडौं- नेपाली कांग्रेसको गुल्मी जिल्ला सभापतिमा खिलध्वज पन्थी विजयी भएका छन्।
कुल सदर मत १६५५ मा १२७१ मत (७६.७९%) मतका साथ गुल्मीको सभापतिमा पन्थी निर्वाचित भएका हुन्।
सभापतिका अर्का उम्मेदवार वेदबहादुर थापालाई फराकिलो मतान्तरले पराजित गरे। पराजित थापा सभापति शेरबहादुर देउवा पक्षका हुन्। थापाले ३८४ मत प्राप्त गरेका छन्।
दुई उपसभापतिमा अनन्तराम पौडेल र शिबबहादुर खत्री विजयी भए। सचिवमा जगदीश भट्टराई र भगतसिंह खडका विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।