काठमाडौं– नेपाली कांग्रेस काठमाडौंको सभापतिमा सबुज बानियाँ विजयी सभापतकिा अर्का प्रत्यासी उपेन्द्र कार्कीलाई फराकिलो मतान्तरले पराजित गर्दै बानियाँ सभापतिमा निर्वाचित भएका हुन्।
नेता प्रकाशमान सिंहनिकट उनी दोस्रो कार्यकालका लागि विजयी बने। बानियाँलाई गगन थापाले पनि सघाएका थिए।
पराजित कार्की सभापनि शेरबहादुर देउवा निकट हुन्। हिजो भएको मतदानको परिणाम आज बिहानमात्र आएको हो।
काठमाडौंमा बानियाँको प्यानलले नै जित हात पारेको छ।
काठमाडौंको उपसभापतिमा गोकर्ण केसी र राजकुमार नकर्मी विजयी भएका छन् भने सचिवमा इन्द्रबहादुर थापा र गोबिन्द पुडासैनीलेजित हात पारेका छन्।
त्यसैगरी, सह–सचिवमा प्राडा अमिता प्रधान र सुस्मिता प्रधान विजयी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।