काठमाडौं– नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्।
सोमबार बिहान आएको मतपरिणामअनुसार अधिकारी भीम ढुंगानालाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्। अधिकारीले एक हजार ८२ मत ल्याए भने ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए।
अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने ढुंगानालाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन थियो।
यस्तै, धादिङको उपसभापतिमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन्।सचिवमा रामकृष्ण पाण्डे र विकास श्रेष्ठ निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।