काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ।आइतबार राति सम्पन्न खेलमा सिटीले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक÷एक गोल गरे। वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल फर्काए।गुन्डोगानले खेलको ३३ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। खेलको ९० औं मिनेटमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई २–० को स्थितिमा पुर्याए।
खेलको इन्जुरी समयमा लान्जिनीले गोल फर्काएपनि सिटीले २–१ को जित निकाल्यो।सिटी १३ खेलमा २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। वेस्ट ह्याम २३ अंकका साथ चौंथो स्थानमा रहेको छ।
प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले वाट्फोर्डलाई ४–२ गोल अन्तरले पराजित गरेको छ भने ब्रेन्टफोर्डले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।