काठमाडौं– नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिमा डीगबहादुर लिम्बू र दिलीप गच्छदारबीच प्रतिस्पर्धा हुने भएको छ।
शनिबार सम्पन्न मतदानमा सभापतिका प्रत्यासी कसैले पनि ५१ प्रतिशत मत नल्याएकाले उनीहरुबीच दोस्रो चरणको प्रतिस्पर्धा हुन लागेको हो।
पहिलो चरणमा लिम्बू र गच्छदारसँगै यदुकुमार बिष्टले प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणमा खसेको कुल मत ३४ सय १४ मध्ये लिम्बूले १५ सय ४४ मत पाउँदा गच्छदारले ११ सय ६६ मत पाएका थिए। पहिलो चरणबाट बाहिरिएका बिष्टले ५६३मत ल्याएका थिए।
दोस्रो चरणमा पहिलो र दोस्रो स्थानको मत ल्याएका लिम्बू र गच्छदारबीच पुन मतदान हुने भएको हाो। लिम्बू नेता शेखर कोइराला निकट हुन् भने गच्छदार संस्थापन पक्षका प्रत्यासी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।