काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकिएका छन्।
चेल्सीको घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दै उनीहरुले अंक बाढेका हुन्। खेलमा सुरुवाती अता भने पाहुना टोलीले लिएका थियो। पहिलो हाफ बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।
खेलको ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए।
बराबरीसँगै १३ खेलबाट ३० अंक जोडेको चेल्सी शीर्ष स्थानमा यथावत् रहेको छ। समान खेलबाट १८ अंक जोडेको युनाइटेड आठौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।