सौराहा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको प्रस्तावित सूची पेस गरेका छन्। ओलीले ३०१ जनाको सूची पेस गरेपछि अनुमोदनका लागि हलमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई ताली बजाउन भनेका थिए।
एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। जसमध्ये दलितबाट १२ जना (८ खुला र ४ महिला), पिछडिएको क्षेत्रबाट ४ जना (३ खुला र १ महिला) तथा श्रमिकबाट ६ जना (४ खुला र २ महिला) को प्रतिनिधित्व हुने व्यवस्था छ।
दलित- १२ (८ खुला र ४ महिला)
खुला- रामदयाल मण्डल, ईश्वरी रिजाल, बमबहादुर विश्वकर्मा, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जीतबहादुर दर्जी, जंगबहादुर नेपाली, रामप्रित राम
महिला- शिवकुमारी गोतामे सार्की, रामरति राम, विष्णुमाया विश्वकर्मा, सविता रसाइली
श्रमिक- ६ (४ खुला र २ महिला)
खुला- विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा
महिला- मञ्जुकुमारी थापा मगर, सीता लामा
पिछडिएको क्षेत्र- ४ (३ खुला र १ महिला)
खुला- भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा, मोहन बानियाँ
महिला- बद्मीकुमारी बोहरा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।