सौराहा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको प्रस्तावित सूची पेस गरेका छन्। ओलीले ३०१ जनाको सूची पेस गरेपछि अनुमोदनका लागि हलमा उपस्थित महाधिवेशन प्रतिनिधिलाई ताली बजाउन भनेका थिए।
एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। जसमध्ये आदिवासी जनजाति समूहबाट १७ जना खुला र ८ जना महिलाको प्रतिनिधित्व हुने व्यवस्था छन्।
एमाले केन्द्रीय सदस्यमा आदिवासी जनजाति समूहको खुलातर्फबाट अइन्द्रसुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाङ्फे, टेकबहादुर बलम्पाकी, कमलजंग राईको नाम प्रस्ताव गरिएको छ।
यस्तै, दाबा लामा, लिलबहादुर थापा, गोकुल घर्तीमगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रमान घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित, अजयक्रान्ति शाक्यको नाम पनि प्रस्ताव गरिएको छ।
महिलातर्फ उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, साबित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी गुरुंसेनी, चुनेली श्रेष्ठको नाम प्रस्ताव गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।