काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले १०औं महाधिवेशनबाट नेतृत्व चयनका लागि अहिलेसम्मका प्रक्रियाप्रति असमति जनाएका छन्। उनले आफू अध्यक्षमा चुनाव लड्ने पनि दोहोर्याएका छन्।
दोस्रो दिनको बन्दसत्रमा सोमबार बिहान पौने १ बजे केपी शर्मा ओलीले पेस गरेको केन्द्रीय कमिटीका सदस्यहरुको प्रस्तावित सूचीमा समेत उनले असहमति जनाए।
'यो रातको समयमा यताबाट सूची प्रस्तु गर्ने? निर्वाचन प्रक्रियामा जानु अगाडि,' रावलले भने।
आफूले पक्रियाको कुरा गरेर विपक्षीलाई देखाउन खोजेको नभइ विधि, प्रक्रिया, नीतिको रक्षा सबैको कर्तव्य भएको रावलको भनाइ छ।
'प्रतिनिधि सार्वभौम हुन्। यो अवसर कहिल्यै आउँदैन,' रावलले भने, 'प्रक्रियाअनुसार अध्यक्षको उम्मेदवारको हैसियतले प्रस्तुत गर्ने छु। अध्यक्ष मण्डलमा कुनै छ्लफल भएको छैन। सम्पुर्ण प्रक्रियाप्रति असहमति छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।