सौराहा– केपी शर्मा ओलीले पेस गरेको ३०१ जना केन्द्रीय कमिटी सदस्यको सूची एमाले महाधिवेशनको बन्दसत्रले अनुमोदन गरेको छ। राति पौने १ बजे प्रस्तुत नामहरु अनुमोदनका लागि ओलीले ताली बजाउन भनेका थिए। लगत्तै बन्दसत्रले ताली बजाएको थियो।
एमाले केन्द्रीय कमिटीमा विभिन्न समूहबाट प्रतिनिधित्व हुने व्यवस्था छ। जसमध्ये सातवटा प्रदेशमा प्रत्येक प्रदेशबाट ६ जना खुला र ३ जना महिलाबाट प्रतिनिधित्व हुनेछन्। त्यस्तै, उपत्यका विशेष र समन्वय समितिमा १ जना खुला र १ जना महिलाको प्रतिनिधित्व हुनेछ।
सातवटा भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेशबाट एमालेको केन्द्रीय कमिटीमा पर्नेहरुको सूची यसप्रकार छ।
सात प्रदेश- ६३ (प्रत्येक प्रदेशबाट ६ खुला र ३ महिला)
प्रदेश १
खुला- तिलकुमार मेहंगो, टंक आङ्बुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ, राजेन्द्र राई
महिला- मेनुका काफ्ले, मञ्जु भण्डारी, उषाकला राई
प्रदेश २
खुला- प्रभु साह, राम दयाल मण्डल, महम्मद समिर, लिलानाथ श्रेष्ठ, राजकुमार लेखी, प्रभु हजारा पासवान
महिला- कल्पना कटवाल, रेखा झा, ज्वाला साह
बागमती प्रदेश
खुला- कृष्णकुमार राई, कैलास ढुंगेल, खेमप्रसाद लोहनी, रामेश्वर राना, आनन्द पोखरेल, सरेस नेपाल
महिला- रचना खड्का, पेम्बा लामा, पार्वती रावल
गण्डकी प्रदेश
खुला- मायानाथ अधिकारी, तिलक महत, भुपेन्द्रबहादुर थापा, इन्द्रलाल सापकोटा, टुकराज सिग्देल
महिला- नरदेवी पुन, सीमा क्षेत्री, मीना कुमारी गुरुङ
लुम्बिनी प्रदेश
खुला- लिला गिरी, खेममान खड्का, नवीनकुमार रोक्का मगर, दिनेश पन्थी, भूमिश्वर ढकाल, हरि रिजाल
महिला- सरिता खनाल, सावित्रा अर्याल, मेनका पोखरेल
कर्णाली प्रदेश
खुला- धर्मराज रेग्मी, निरज आचार्य, गुलाबजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह, नेशनल शाही
महिला- तीर्था गौतम, मिना रखाल, मोहनमाया ढकाल
सुदूरपश्चिम प्रदेश
खुला- राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपट बोहोरा, नारदमुनी राना, लिलाधर भट्ट, अफिलाल उखेडा
महिला- कमला ओली, कमला बोहोरा, शान्ता शर्मा
उपत्यका विशेष- २ (१ खुला र १ महिला)
खुला- माधव ढुंगेल
महिला- बिना श्रेष्ठ
सम्पर्क समन्वय- २ (१ खुला र १ महिला)
खुला- नरेन्द्र श्रेष्ठ
महिला- कल्पना थापा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।