काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रमा प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पेस गरेका छन्।
आइतबार मध्य रातमा सुरु भएको बन्द सत्रमा ओलीले प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पढेर सुनाएका हुन्।
ओलीले केन्द्रीय सदस्यहरुको नाम सुनाएपछि उनी पक्षका महाधिवेशन प्रतिनिधिहरुले समर्थनमा ताली बजाएका छन्।
आफूले प्रस्ताव गरेको नामावलीमा असहमत हुनेलाई प्रक्रिया (निर्वाचन)मा जान ओलीले सुझाव दिएका छन्। ओलीले केन्द्रीय कमिटीमा नअटाएका (छुटेका)हरुलाई अन्त व्यवस्थापन गरिने पनि आश्वासन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।