सौराहा- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिनको बन्दसत्र जारी छ। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राति १२ पछि सुरु भएको हो।
बन्दसत्रमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। शनिबारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटी सदस्य चयन गर्ने अधिकार ओलीलाई दिएको थियो। जारी बन्दसत्रमा उनले आफूले तयार गरेको सूची प्रस्ताव गर्ने बताइएको छ।
ओलीबाट प्रस्तावित नामहरुमा सहमति हुन नसके सम्बन्धित पदका लागि निर्वाचन हुनेछ। निर्वाचन आयोगले निर्वाचन कार्यकालिका सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।