सौराहा- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
आइतबार राति बसेको एमाले अध्यक्ष मण्डलको बैठकले सहमति नभएका पदमा मतदान गर्ने निर्णय गरेसँगै उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
निर्वाचन कार्यतालिका प्रकाशन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले आफूले निर्वाचन कार्यतालिकाअनुसार अध्यक्ष पदका लागि दरखास्त फारम भरेको पनि बताए।
'निर्वाचन कार्यतालिका आएपछि पनि मैले दरखास्त फारम भरिसकें,' उनले भने, 'अब कार्यतालिकाअनुसार दरखास्त दिन्छु।'
निर्वाचन दरखस्त दिने अन्तिम समय राति साढे १२ बजेसम्मका लागि राखिएको छ। उनले निर्वाचन आयोगले समय दिएपछि दरखास्त बुझाउने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।