सौराहा– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलको बैठकमा भीम रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने भनेर पहिल्यै भनिसकेको प्रष्ट पारेका छन्। आइतबार बन्दसत्र सुरु हुनुअघि अध्यक्ष मण्डलको बैठक बसेको थियो।
‘अध्यक्ष मण्डलको बैठकमा मेरो उम्मेदवारीको सम्बन्धमा कुरा हुँदा मैले नेकपा एमालेको अध्यक्ष पदमा उठ्नको लागि राजनीतिक घोषणा गरिसकेको छु। अब विधिवत् रुपमा मनोनयन पत्र दाखिला गर्छु’, बैठकमा आफूले भनेको कुरा उनले सौराहामा पत्रकारहरुलाई जानकारी गराए।
उनले मनोनयनपत्र भरिसकेको र निर्वाचन आयोगले बुझाउने समय दिएपछि त्यसलाई दाखिला गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।