सौराह- नेकपा (एमाले)को १०औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र मध्यरातको १२ बजेमात्र सुरु भएको हो।
दिनभर सहमतिकाे प्रयासका कारण बन्दसत्र हुन सकेको थिएन। केन्द्रीय निर्वाचन आयोगले सहमति हुन नसकेकाे पदमा निर्वाचन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेकाे छ।
आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिए पनि राति अबेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो।
अब बन्दसत्रमा एमाले अध्यक्ष केपी ओलीले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यकाे नाम सुनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।