सौराहा– नेकपा एमालेको जारी १०औं महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रमका लागि मतदाताहरुको नामावली प्रकाशन गरिएको छ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले राति अबेर सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार निर्धारित समयभन्दा ढिला गरी मतदाता नामावली सार्वजनिक गरिएको हो।
निर्वाचन कार्यक्रममा आइतबार ११ बजे मतदाता नामावली प्रकाशन गर्ने उल्लेख छ। निर्वाचन आयोगले भने पौने १२ बजे मात्रै मतदाता नामावली प्रकाशन गरेको हो।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार राति १२:३० बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गरिने छ। राति २:१० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।