सौराहा– नेकपा एमाले १०औं महाधिवेशन अध्यक्ष मण्डलको बैठक सुरु भएको छ।
अध्यक्ष केपी शर्मा ओली पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरुको सूची बोकेर बन्दसत्रस्थल होटल सेभेन स्टार पुगेपछि अध्यक्ष मण्डलको बैठक सुरु भएको हो।
बैठकमा ओलीबाहेक ११ सदस्य उपस्थिति छन्। जसमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा लालबाबु पण्डित, गोमा देवकोटा, भीम रावल र टोपबहादुर रायमाझी रहेका छन्।
ओलीले आफूले तयार पारेको पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यको सूची अध्यक्ष मण्डलमा पेस गर्नेछन्।
अध्यक्ष मण्डलको बैठक सकिएपछि दोस्रो दिनको बन्दसत्र सुरु हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।