काठमाडौं– नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन्। वर्तमान सभापतिसमेत रहेका बैकुण्ठ न्यौपानेलाई उनले हराएका हुन्।
संस्थापनपक्षका केन्द्रीय नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्लेलगायतको साथ पाएका आलेले जित निकाले।
विगतमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका रूपमा परिचित आले सभापतिको उम्मेदवार हुँदा संस्थापनतिर ढल्केका थिए।
यसअघि आले महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।