सौराहा– नेकपा एमालेको केन्द्रीय कमिटीको टुंगो लागेको छ। दिनभरको छलफलपछि नेताहरु निष्कर्षमा पुगेका हुन्।
केन्द्रीय कमिटी सदस्यदेखि पदाधिकारीसम्मकै सूची तयार भइसकेको ओलीनिकट एक नेताले बताए। तर, उनले नाम भने सार्वजनिक गर्न चाहेनन्।
उनका अनुसार महासचिवका विषयमा छलफलमा रहेको ओलीनिकटस्थ अन्य नेताहरुले समेत जानकारी पाएका छैनन्।
छलफलकै क्रममा ओलीले नेताहरुलाई भने, ‘महासचिव मलाई नै रोज्न दिनुहोस्।’ महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ।
दुवैजना अन्तिम सूची निर्माणमा समेत सहभागी छन्। उनीहरुमध्ये एकका लागि उपाध्यक्ष पद खाली राखिएको छ भने एकजना महासचिव बन्नेछन्।
शीर्ष नेताहरुले सहमतिमा पुगेको संकेत गरेपछि नेताहरु बन्दसत्र हलभित्र प्रवेश गर्न थालेका छन्। शीर्ष नेताहरुको उपस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।