काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र झण्डै ११ घण्टा ढिलो गरी सुरु हुन लागेको छ।
आइतबार बिहान १० बजे बोलाइएको बन्दसत्र अबेर राति सुरु हुन लागेको हो। सुरु हुने 'सन्देश' प्राप्त भएपछि अहिले महाधिवेशन प्रतिनिधिहरु बन्दसत्र हलभित्र प्रवेश गर्न लागेका छन्।
बन्दसत्र सञ्चालन हुने सौराहाको होटल सेभेन स्टार परिसरमा सुरक्षा तैनाथी समेत बढाइएको छ। होटेलको मूख्य प्रवेश द्वारमा नै करिब २ दर्जनको संख्यामा सुरक्षाकर्मी (प्रहरी) खटाइएको छ।
बन्दसत्रमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु ओली बसिरहेको होटल सफारीबाट बाहिएर होटल सेभेन स्टार पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।