सौराहा– नेकपा (एमाले) को १०औं महाधिवेशनमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्केका महेश बस्नेतले नेताहरु सहमतिनजिक पुगेको दाबी गरेका छन्।
ओलीलाई भेटेर फर्किदै गर्दा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उनले बन्दसत्र चाँडै सुरु हुने बताए।
उनले भने, ‘सबै विषयमा सहमति जुटिसकेको छ। त्यसलाई र्यापिङ गर्न (अन्तिम रुप दिन) मात्रै बाँकी रहेको छ।’
आफूहरुलाई नेताहरुले सहमति हुनै लागेको र चाँडै बन्दसत्र सुरु हुने बताएपछि त्यतै हिँडेको बताएका छन्। उनले ओलीसँग भएको संवादका बारेमा भने खोल्न चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।