काठमाडौं– लिग वानअन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले सेन्ट इटिएनलाई पराजित गरेको छ।
सेन्ट इटिएनको मैदानमा भएको खेलमा पीएसजीले ३रेलु टोलीमाथि ३-१ गोलअन्तरको जित निकालेको हो।
पीएसजीका लागि मार्किन्हसले दुई र एन्जेल डी मारियाले एक गोल गरे। ती तीन गोलमा लिओनल मेसीले पास उपलब्ध गराएका थिए।
खेलमा सुरुवाती अग्रता लिएको इटिएन पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो। खेलको पाँचौ मिनेटमा नेयमारले गोल गरेका थिए। तर, भीएआरमा अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन।
२५औं मिनेटमा इटिएनका डेनिस बौङ्गाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। तर, इटिएन ४५औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। उसका टिमोथी कोलोडजिकजाक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
लगत्तै मार्किन्हसले खेल बराबरीमा ल्याएका थिए। उनले मेसीले प्रहार गरेको फ्रीकिकमा हेडर गर्दै गोल गरेका थिए।
यता, खेलको ७९औं मिनेटमा डी मारियाले अग्रता दोब्बर बनाए। उनले पनि मेसीकै पासमा गोल गरेका थिए।
यस्तै, मार्क्विनहोसले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै पीएसजीलाई ३–१ गोलअन्तरको पुनरागमन जित निकाल्यो।
पीएसजीले १४ खेलबाट ३७ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको निसको १५ खेलबाट २६ अंक छ।
रामोसको ‘डेब्यू’
स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले फ्रान्सेली क्लब पीएसजीका लागि ‘डेब्यू’गरेका छन्।प्रशिक्षक मौरिसियो पोचेटिनोले सेन्ट इटिएनविरुद्ध रामोसलाई पहिलो रोजाईमा राख्दै डेब्यू गराएका हुन्।
यसै समरमा स्पेनिस क्लब रियल मड्रिडबाट पीएसजी पुगेका रामोसले लिग वानअन्तरगत सेन्ट इटिएनविरुद्धको खेलमा पहिलो रोजाइमा पर्दै लिग वान तथा पिएसजीका लागि पहिलो खेल खेल्न लागेका हुन्।
क्लबमा आबद्ध भएपनि चोटका कारण मैदान बाहिर रहेका रामोसले पीएसजीमा डेब्यूको लागि लामो प्रतिक्षा गर्नुपरेको थियो। यो सिजन पीएसजीले सुपरकपसहित २० खेल खेलिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।