सौराह– नेकपा एमाले १०औं महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न तहका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका बताइएको छ।
अध्यक्ष ओली बसिरहेको पार्क सफारी होटलमा विभिन्न तहका नेताहरु बोलाएर छलफल गरिरहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए।
ओलीसँग भेटेर होटेलबाट निस्किदै गर्दा उनले ‘सहमति होला’ भन्दै अनिश्चय प्रस्तुत गरेका थिए। ‘अझै होलाकै अवस्थामा छ?’ भन्ने प्रतिप्रश्नमा उनी मुस्कुराए मात्रै।
अध्यक्षमा ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। रावलसँग ओलीको संवाद हुने सकेको छैन। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले पोजिसन बनाएपछि ओलीलाई झन् अप्ठ्यारो परेको छ।
त्योभन्दा तल्ला तहमा सहमति जुटाउन ओलीले दिनभरि 'समय' पाएका थिएनन्। अहिले नेताहरुलाई बोलाएर छलफल गर्न थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।