सौराहा- नेकपा एमालेका नेता विशाल भट्टराईले सहमतिमा कार्यसमिति चयन गर्ने विषयमा उपाध्यक्ष भीम रावल तयार हुने दाबी गरेका छन्।
उनले अध्यक्ष ओलीले बन्दसत्रमा नामावली प्रस्ताव गर्नुअघि रावलसँग भेट गर्ने बताए।
'उहाँहरुले नामावली तयार पार्दै हुनुहुन्छ, हामीले सहयोग गर्ने हो। भीम रावलसित अध्यक्षको भेट हुन्छ, कुरा पनि मिल्छ। अध्यक्षले यसो गर्दिनुस् भन्नुहुन्छ र उहाँले मान्नुहुन्छ,' भट्टराईले भने।
नामावली बन्दसत्रमा पेस गर्नुअघि नै रावलले सहमति जनाउने उनको दाबी छ। अध्यक्ष ओलीले उपाध्यक्ष रावल असन्तुष्ट नरहने गरेर सहमति गर्ने नेता भट्टराईले बताए। ओलीले हलमा प्रस्ताव पेस गर्ने सूचीमा सबैले मानेर सर्वसम्मतिले पारित गर्नेसमेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।