सौराहा– आफ्नै समूहका नेताहरुको आकांक्षाका कारण पदाधिकारीको 'भागबण्डा'मा समस्या भएपछि अध्यक्ष केपी शर्मा ओलीले निकट नेताहरुसँग छलफल थालेका छन्।
अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, नेताहरु शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवाली छलफलमा जुटेका हुन्।
खास गरेर वरिष्ठ उपाध्यक्षका सन्दर्भमा निर्णय गर्ने ओली आफ्नो समूहका नेताहरुसँग छलफलमा जुटेका हुन्।
वरिष्ठ उपाध्यक्षमा महासचिव पोखरेल र अर्का नेता नेम्वाङले दाबी गरेका छन्। नेम्वाङले 'ओली बाहेक अरुलाई नेता मान्न नसकिने' भनेपछि पोखरेलले वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने प्रस्ताव अघि सारेका छन्।
उच्च स्रोतका अनुसार पोखरेलले ओलीलाई भेटेरै सर्वसम्मत नेतृत्व चयनका लागि वरिष्ठ उपाध्यक्ष पदले 'अप्ठेरो पारेको' भन्दै उक्त पद खारेज गर्नुपर्ने प्रस्ताव राखेका थिए।
पोखरेलको प्रस्तावमाथि छलफल गर्न ओलीले नेम्वाङ, पौडेलसहित आफ्नो समूहका 'प्रमुख' नेताहरुलाई बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।