काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर दैलेखमा सभापतिसहित प्यानल नै विजयी भएको छ।
सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन्। ७९१ मतसहित विजयी भएका उनले संस्थापनपक्षका घनश्याम भण्डारीलाई पराजित गरे।
यता, भण्डारीले ७४५ मत ल्याए। पदाधिकारी रेग्मीपक्षकै उम्मेदवार विजयी भएका छन्। उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिjमा महेन्द्र शाही र कनक सेना विजयी भएका छन्।
दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक क्षेत्रमा देउवा समूह र अर्को क्षेत्रमा पौडेल समूहले क्षेत्रीय सभापति जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।