काठमाडौं– नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ।
प्रहरी स्रोतका अनुसार प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)ले गोली चलाएका हुन्।
बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशन चलिरहेको थियो। सो क्रममा विवाद हुँदा मन्त्री समेतलाई धकेलाधकेल गरिएपछि पिएसओले गोली चलाएका बताइएको छ। उनले १ राउड हवाई फायर गरेका थिए।
विवादका कारण ८ र ९ वडाको अधिवेश रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईले स्थिती अहिले सामान्य रहेको नेपाल लाइभलाई जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।