काठमाडौं– नेपाली कांग्रेस झापाको जिल्ला सभापतिमा देउकुमार थेबे निर्वाचित भएका छन्।
नेता कृष्णप्रसाद सिटौलापक्षका थेबेले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मापक्षका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन्।
थेबेले १७६५ मत प्राप्त गरे। यता, कट्टेलले १५१५ मत ल्याए।मतगणनामा लामो समयसम्म अग्रता लिरहेका कट्टेल झापा ३ को मत गन्न थालेसँगै पछि परेका थिए।
उपसभापतिमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई विजयी भए। पाण्डेले १८८९ मत ल्याए। यता, भट्टराईले १६७४ मत ल्याएका छन्।
सचिवमा नवीन बिमली १८३८ मतका साथ विजयी भए। कृष्ण हुमागाईंले १६७६ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।