काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले डडेलधुराको अधिवेशन पुनः हुनुपर्ने माग गरेका छन्।
मंसिर १ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा अनसनरत डडेलधुराका कार्यकर्ताको अनसनप्रति ऐक्यबद्धता जनाउन उनी आन्दोलन स्थल पुगेका उनले उक्त कुरा बताएका हुन्।
विधानविपरीत गरिएको अधिवेशन बदर गर्न माग गर्दै उनले राज्य सत्ताको दुरुपयोग भएको बताए। पार्टी संस्थापन पक्षले डडेलधुरामा एकतर्फी अधिवेशन गरेको थियो।
संस्थापनइतरले भने अधिवेशन बदर गर्न माग गर्दै आएको छ। ‘विधानले जिल्ला सभापति र सिङ्गो जिल्ला कार्यसमितिलाई बाहिर राखेर अधिवेशन गर्ने कुराको कल्पना गरेको छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।