सौराहा- नेकपा (एमाले)का नेता पृथ्वी सुब्बा गुरुङले बन्दसत्रबाट घोषणा गर्न ३०१ सदस्यीय केन्द्रीय कार्यसमितिको खाका अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको बताएका छन्।
नेता गुरुङले सोही खाका अध्ययन गरेर ओलीले अन्तिम रुप दिने नेपाल लाइभलाई जानकारी दिए।
'हामीले ३०१ सदस्यीय केन्द्रीय कार्यसमितिको खाका बुझाएका छौं, अब त्यसमा अध्ययन गरेर उहाँले अन्तिम रुप दिनुहुन्छ। त्यसपछि त्यही प्रस्ताव बन्दसत्रमा प्रस्ताव गर्नुहुन्छ,' उनले भने।
विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीले प्रारम्भिक खाका तयार गरेका थिए। उनीहरुले तयार गरेको सूची पार्क सफारीमै प्रिन्ट गरेर ओलीलाई बुझाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।