सौराहा- नेकपा (एमाले)को चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज राति ९ बजे केन्द्रीय कमिटी घोषणा गर्ने तयारी गरिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता शेरधन राईले सहमतिमै राति ९ बजे केन्द्रीय कमिटी घोषणा हुने बताए।
बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र साँझ ७ बजे मात्रै सुरु हुने भएको छ। ओली निकट नेता गोकुल बाँस्कोटाले बन्दसत्र खाना खाएर ७ बजेमात्र सुरु हुने बताएका हुन्।
एमाले अध्यक्ष ओलीले सहमतिमै १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी घोषाणा गर्ने तयारी गरेको उनले बताए। अध्यक्षका प्रत्यासी रहेका भीम रावलसँग कुनै कुराकानी भएको छ कि छैन भन्ने प्रश्नमा उनले अब कुराकानी हुने बताए।
आजै ओलीनिकट नेता ईश्वर पोखेरेलले रावलसँग कुरा गरेका थिए। रावलसँगको कुराकानीपछि उनी अध्यक्ष ओलीलाई भेट्न ओली बसिरहेको होटलमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।