ईश्वर पोखरेल, फाइल तस्बिर
सौराहा– अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच भेट भएको छ। आइतबार बन्दसत्रस्थलमा बसिरहेका रावललाई भेट्न पोखरेल पुगेका थिए।
पोखरेलले केहीबेर रावलसँग छलफल गरेका थिए। त्यसपछि उनी होटल पार्क सफारी पुगेका छन्। सो होटलमा अध्यक्ष केपी शर्मा ओली बसिरहेका छन्।
पोखरेलले ओलीको सन्देश रावललाई र रावलको धारणा ओलीलाई सुनाएको आकलन गरिएको छ। ओलीले अन्य पदमा सहमतिमै व्यवस्थापन गर्ने प्रयास गरेको भए पनि रावलले अडान नछाड्दा निर्विरोध अध्यक्ष बन्ने सम्भावना टर्दै गएको आकलन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।