पृथ्वी सुब्बा गुरुङ, फाइल तस्बिर
भरतपुर– नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरु चयन गर्नै सन्दर्भमा ९० प्रतिशत सहमति भइसकेको बताएका छन्।
सहमतिअनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरु चयन गरेर आज (आइतबार) नै बन्दसत्र सकिने गुरुङको भनाइ छ।
पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बनाउनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई हलले नै अधिकारी दिएकाले सहमतिकै आधारमा टुंगो लगाइने उनको भनाइ छ।
गुरुङले अध्यक्षका अर्का प्रत्यासी भीम रावलको सन्दर्भमा अहिलेसम्म कुनै सहमति नभएको बताए।
'भीम रावलजीको बारेमा अहिलेसम्म कुनै सहमति भएको छैन। उहाँका बारेमा सहमति भए शत–प्रतिशत हुन्छ,' गुरुङले भने, 'नाम घोषणा गरेपछि कसैको उम्मेदवारी परेमा मात्रै महाधिवेशन लम्बिन सक्छ। नत्र हामी आजै सक्ने छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।