विष्णु पौडेल, फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले महाधिवेशनमा सबै राम्रो भइरहेको बताएका छन्। आइतबार दिउँसो होटल पार्क सफारीमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले छिटै सहमति हुने बताए।
'सबै राम्रो भइरहेको छ। हाम्रो हुन्छ। राम्रो हुनेवाला छ। छिटोभन्दा छिटो सहमति हुन्छ', उनले भने।
पौडेल महासचिवका आकांक्षी हुन्। सोही पदमा शंकर पोखरेलले पनि आकांक्षा राखेका छन्।
बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटीको सूची तयार गर्ने अधिकार दिएको थियो। तर, आकांक्षीको व्यवस्थापन गर्न उनलाई कठिनाइ भएको छ। त्यसैले बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र ४ बजिसक्दा पनि सुरु भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।