काठमाडौं– नेपाली कांग्रेसको ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्। अर्का प्रतिस्पर्धी रामकृष्ण चित्रकारलाई १२ मतले पछि पार्दै श्रेष्ठ सभापति निर्वाचित भएका हुन्।
आइतबार भएको दोस्रो चरणको मतदानमा श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत पाएका छन्। श्रेष्ठलाई देउवा समूहका जितजंग बस्नेत, उदयशमशेर जबरालगायतको समर्थन थियो।
चित्रकारलाई वर्तमान सभापति मदन अमात्यलगायतले साथ दिएका थिए। चित्रकारलाई गत आमनिर्वाचनमा कांग्रेसलाई अन्तर्घात गरेको आरोप लागेको थियो।
दोस्रो चरणको मतदानमा कांग्रेस नेता मिनकृष्ण महर्जनले श्रेष्ठलाई समर्थन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।