भरतपुर– चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु नभएपछि अध्यक्षका प्रत्यासी भीम रावल आन्तरिक छलफलमा जुटेका छन्।
विहान १० वजे सुरु हुने भनिएको बन्दसत्र साढे ३ वजेसम्म सुरु नभएपछि रावल बन्दसत्र हुने होटलमा आफू निकट प्रतिनिधिसित छुट्टै छ्लफलमा जुटेका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले सहमतिका नाममा हलमा पदाधिकारी र केन्द्रीय सदस्यको नाम पेस गर्ने सम्भावना बढेकाले कसरी अघि वढ्ने भन्ने विषयमा रावलले छलफल गरिरहेका उनीनिकट एक नेताले जानकारी दिए।
शनिबारको बन्दसत्रले ओलीलाई नै पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची तय गर्ने अधिकार दिएको थियो।
आफू निर्विरोध अध्यक्ष बन्ने सम्भावना नदेखिएको र आफ्नै गुटमा पनि पदभन्दा धेरै प्रत्यासीहरु भएपछि अध्यक्ष ओली सकसमा परेका छन्।
अध्यक्षमा चुनौती दिन अघि सरेका भीम रावल अध्यक्षमा उम्मेदवारी दिने आफ्नो घोषणाबाट फिर्ता नभएका कारण ओलीलाई थप अप्ठ्यारो भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।